साधारण नाम 'मेरो माया तिमीलाई' शिर्षक राखेर पछिल्लो चलचित्र बनाएका निर्देशक योगेश घिमिरेले नामकै कारण आफ्नो चलचित्र विशेष सिनेमा हुनबाट बन्चित हुने लक्षण देखेको बताएका छन् ।

कथा नहेरिकन नै विकास बोर्डले जस्ता चलचित्रलाई पनि बिशेष सिनेमा दिने आरोप लगाउँदै निर्देशक घिमिरेले आफ्नो चलचित्रको नामले गर्दा बिशेष चलचित्र नपाउने संकेत देखेको फिल्मीखबरलाई बताए । आफ्नो चलचित्रको कथा विशेष र मौलिकपना भएको भन्दै बोर्डले बिशेष सिनेमाको ट्याग दिन आनाकानी गरेको  योगेशले गुनासो ब्यक्त गरेका छन् ।

बिशेष सिनेमाका लागि चाहिने सबै कुरा आफ्नो चलचित्रमा भएको बताउँदै निर्देशक घिमिरेले बोर्डलाई बिशेष सिनेमाको ट्याग दिन ध्यानाकर्षण गरेका छन् । उनले आफ्नो चलचित्रलाई बिशेष चलचित्रको ट्याग दिईयोस् भन्दै योगेशले गत साता मात्र बोर्डमा फिल्मको नाम दर्ता गराएका छन् । बिशेष चलचित्रका लागि अन्य थुप्रै चलचित्रको नाम बोर्डमा दर्ता भएकाले निर्णय थाहा पाउन अझै केहि दिन कुर्नुपर्ने योगेशको भनाई छ ।

मंसिर ८ गते सार्वजनिक हुन लागेको सो चलचित्र पारिवारिक कथामा आधारित छ । चलचित्रको कथा नेपाली समाजमा नै हुने गरेको यथार्थ घटनामा आधारित रहेको योगेशको भनाई छ । निर्माण क्रमको शुरूवातमा यस चलचित्रको नाम अपराध राखिएको थियो । तर पछि सो नाममा चलचित्र बनिसकेकोले अन्तिम समयमा आएर नाम परिवर्तन गरिएको बुझिएको छ ।

डिक खड्काको प्रस्तुती रहेको सो चलचित्रमा नवप्रस्तुतीको रूपमा अनुप बिक्रम शाहले अभिनय गरेका छन् । यसैगरी चलचित्रमा शुशिल क्षेत्री, जेशिका खड्का, रबिन्द्र खड्का, बालदिप राई लगायतले अभिनय गरेका छन् । प्रसिद्वि सिनेमेकर्सको व्यानरमा निर्माण भएको सो चलचित्रमा प्रकाश बस्नेत, मनोज सिं, सूर्य कार्की, कोशिश क्षेत्री र दिपक ओलीको संगीत, सूर्य लामाको कथा, जिबी रूवालीको पटकथा तथा संवाद, हिमाल केसीको द्वन्द र गणेश श्रेष्ठको छायाँकन रहेको छ ।



0 comments:

Post a Comment

Please use an appropriate words to comments! Thanks for visiting...

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Skull Belt Buckles