Khabar Bhitra ko khabar November 20th 2011



लडाकु वर्गीकरण आजदेखि सुरु
सेना समायोजन विशेष समितिले तयार पारेको कार्ययोजनाअनुसार एकीकृत नेकपा माओवादीका लडाकु वर्गीकरणको कार्य आजबाट सुरु भएको छ । वर्गीकरणका लागि सर्वेक्षण टोली इलाम सिन्धुली चितवन नवलपरासी रोल्पा सुर्खेत र कैलाली पुगिसकेको छ । टोलीले आज बिहानैदेखि समायोजन पुनःस्थापना र स्वेच्छिक अवकाशमा जाने लडाकुको वर्गीकरण गर्ने कार्य भइरहेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार शिविरमा खटिएका सर्वेक्षण टोलीले लडाकुको सङ्ख्या अद्यावधिक गर्दै उनीहरुको इच्छाबमोजिमको समायोजन पुनःस्थापना र स्वेच्छिक अवकाशमा जानेहरुको वर्गीकरण गर्ने कार्य एकैपटक प्रारम्भ गरिएको छ । हाल इलामस्थित शिविरमा एक हजार ९३० सिन्धुलीस्थित शिविरमा एक हजार ६५८ चितवनस्थित शिविरमा तीन हजार ९१९ नवलपरासीस्थित शिविरमा तीन हजार ३९ रोल्पास्थित दुई हजार ४२८ सुर्खेतस्थित शिविरमा तीन हजार ८८ कैलालीस्थित शिविरमा तीन हजार ३१० र काठमाडौँमा विभिन्न सुरक्षार्थ खटिएका १५३ जना लडाकु रहेका छन् । समितिले यसअघि नै स्वेच्छिक अवकाशमा जाने लडाकुलाई वर्गीकरण गरी छ लाख सात लाख आठ लाख र नौ लाखसम्मको राहत प्याकेज दिने निर्णय गरिसकेको छ । विशेष समितिको गत सोमबार बसेको बैठकले लडाकुको समायोजन पुनःस्थापना र स्वेच्छिक अवकाशसम्बन्धी सचिवालयले तयार गरेको विस्तृत कार्यक्रम र कार्ययोजनालाई सामान्य परिमार्जन गर्दै पारित गरेपछि वर्गीकरणको कार्य प्रारम्भ भएको हो । कार्ययोजनाअनुसार लडाकुको शैक्षिक योग्यता र दर्जाका हकमा अनमिनले प्रमाणीकरण गर्दा र हालको गरी दुवै शैक्षिक योग्यता राखिने शिविरमा रहँदा मृत्यु भएका परिवारलाई ५० प्रतिशत राहत बच्चा भएका महिला र अपाङ्गता भएका लडाकुका लागि सरकारका अन्य राहतका कार्यक्रमबाट सुविधा दिइने भएको छ । गत कात्तिक ३० गते सुरु गर्ने भनिए पनि केही प्राविधिक कठिनाइका कारण आजबाट सुरु भएको वर्गीकरण कार्य मङ्सिर १२ गतेसम्म सक्ने लक्ष्य राखिएको छ ।









0 comments:

Post a Comment

Please use an appropriate words to comments! Thanks for visiting...

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Skull Belt Buckles